प्रचण्डलाई समाजबादी पार्टीमा आउन विद्यार्थी नेता चापागाईंको आग्रह

८ माघ २०७६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा समाजवादीका केही नेताहरुलाई नेकपामा आउन आग्रह गरेको बिषयलाई लिएर समाजबादी बिद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईले कडा जबाफ दिँदै इतिहासको उल्टो मजाक नगर्न आग्रह गरेका छन् । बिद्यार्थी नेता चापागाईले प्रचण्डलाई स्मरण गराउदै हिजो आफुले बाँडेको सपना पुरा गर्नेभए सच्चिएर समाजबादी पार्टीमा आए आफुहरुले स्वागत गर्ने वताएका छन ।

प्रचण्ड एमाले पार्टी र काठमाडौंले बनाएको नेता नभइ उत्पिडित बर्गका जनताहरुको बलिदानबाट स्थापित भएको नेता भएको हुनाले उनले हिजो आफुलाई सहयोग गर्ने मजदुर बर्ग, मधेशी, जनजाती, दलित, मुस्लिम आदी समुदायहरुको खिलापमा गएर प्रतिगामी सरकार र प्रम ओलीको साक्षी नबन्न आग्रह गर्दै तेसो गरेमा प्रचण्डलाई इतिहासले धिकार्ने वताएका छन । हिजो जनतासँग गरेका बाचाहरु पुरा गर्ने अठोट समाजबादी पार्टी सँग मात्र भएको भन्दै राज्यको पुनर्संरचना, प्रत्यक्ष कार्यकारी प्रणालि, अधिकार सहितको संघियता, भ्रष्टाचारको अन्त्य, कर्मचारीतन्त्रको सुधार आर्थीक बिकास लगायत थुप्रै परिवर्तनहरु अझै हुन बाँकी नै रहेकोले यी सम्पुर्ण कुराहरुको मुख्य बाधक अहिलेको प्रम ओली र नेकपा भएको भन्दै, राम्रो घर र मिठो खिरमा भुलेर आफ्नो झुपडिलाई नबिर्सिन समेत प्रचण्डलाई स्मरण गराएका छन साथै उनले राजनिती हुलले नभै रुलले चल्ने र पार्टी अनुहार हेरेर नभै एजेन्डा हेरेर मिल्नुपर्ने तर नेकपामा प्रचण्डको केहि पनि नमिलेको भन्दै ब्यङ्य समेत गरेका छन ।

Source: https://newstimesnepal.com

Visits: 580