नेकपाका नेता समाजवादीमा प्रवेश

काठमाडौं– १२ अगष्ट २०१९ । बौद्धिक समूह नेपालका उपाध्यक्ष बेलबहादुर राना समाजवादी पार्टी प्रवेश गरेका छन् । रानाका साथै भोजप्रसाद भण्डारी पनि नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
राना दाङका नेता हुन् ।

उनीहरुलाई समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले खादा लगाएर स्वागत गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबिच गत वैशाख तेस्रो साता एकता भएपछि हाल समाजवादी पार्टीमा बौद्धिक व्यक्तिहरु समेत प्रवेश गर्न थालेका छन् ।

Visits: 1352

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*