पूर्ण समानुपातिक समावेशीको मुद्दासहित समाजवादी विद्यार्थी स्ववियु चुनावमा जाने

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीको एजेण्डा लिएर स्ववियु निर्वाचनमा लाग्ने निर्णय गरेको छ ।

समाजवादी विद्यार्थी युनियनको माघ १४ र १५ गते बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको केन्द्रीय सदस्य अशोक राईले बताए ।

‘विद्यार्थीहरुको स-साना मुद्दा उठाएर चुनावमा जानुपर्छ अनि मात्र हामीले उनीहरुको मन जित्न सक्छौ भन्ने कुरा हामीले बैठकमा राख्यौ,’ उनले भने, ‘तर यसबारे धेरै छलफल भएन । समग्रमा पूर्ण समानुपातिक समावेशीको मुद्दा लिएर चुनावमा जाने निर्णय छ ।’

स्ववियु चुनाव आगामी फागुन १४ गते हुँदैछ । जसका लागि बैैठकले सात प्रदेशमै कमाण्ड इन्चार्ज समेत तोकेको छ ।

प्रदेश १ मा सुवाश लाबुङ, २ मा दिपेश यादव, ३ (बाग्मती) मा युवराजज ढकाल, ४ (गण्डकी) मा नेत्र चापागाईं, ५ मा रिता यादव, ६ (कर्णाली) मा रामबहादुर भण्डारी र ७ (सुदुरपश्चिम) मा भरत निशानीलाई जिम्मेवारी दिइएको छ ।

भण्डारी र निशानी संगठनका सचिव हुन् भने बाँकी उपाध्यक्षहरु हुन् ।

बैठक त्रिभुवन विश्वविद्यालयको सिनास हलमा भएको थियो ।

Source: sarbajanik.com

समाजवादी विद्यार्थी युनियनले तोक्यो सात्तै प्रदेश कमाण्ड इन्चार्ज

समाजवादी विद्यार्थी फोर्स गठन

————————————————-
समाजवादी विद्यार्थी युनियनले स्ववियु लक्षित प्रदेश कमाण्ड इन्चार्ज तोकेको छ । दुई दिन बसेको केन्द्रीय समितिको बैठकमा जिम्मेवारी तय गरेको हो । अध्यक्ष रुपनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।

बैठकले प्रदेश १ मा उपाध्यक्ष सुबास लाबुंग, प्रदेश २ मा उपाध्यक्ष दिपेश यादव, प्रदेश ३ मा उपाध्यक्ष युबराज ढकाल, प्रदेश ४ मा उपाध्यक्ष नेत्र चापागाईं, प्रदेश ५ मा उपाध्यक्ष रीता यादव, प्रदेश ६ मा सचिव राम भण्डारी र प्रदेश ७ मा सचिव भरत लिसानीलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी आर्थिक विभागमा कोषाध्यक्ष ओम महतोलाई जिम्मेवारी तोकिएकोछ ।

घोषणा मस्यौदा समितिमा अध्यक्ष रुप नारायण श्रेष्ठ, उपाध्यक्ष संजय राई, नेत्र चापागाईं, महासचिव बरुण यादव, उपमहासचिवद्वय नम्बर राई, प्रकाश चामलिंग राईलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी समाजवादी विद्यार्थी फोर्षको कमाण्डरमा उप महासचिव बलबहादुर रम्तेललाई जिम्मेवारी तोकिएको छ ।

– Birendra Prasad Adhikari, Facebook

Visits: 1003