१९ माघ २०७६ । समाजबादी बिद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आसन्न फागुन १४ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाबलाई शान्तिपुर्ण, धाँधलिरहित र सबैको सहभागिताको सुनिश्चितता सहितको निश्पक्ष वातावरण बनाउन त्री वि लाई बिशेष आग्रह गरेका छन ।
स्ववियु चुनाबको तयारीका बारेमा पत्रकारहरुसँग आफ्नो संगठनको धारणा राख्ने क्रममा उनले कुनै एउटा अमुक संगठन बिशेषको बल मिचाईले मात्र चुनाब सम्पन्न हुन नसक्ने भन्दै निषेध र प्रतिसोधको भाबना सबैले त्याग्नुपर्ने वताए । ने वि संघको असन्तुष्टी र बिप्लप निकट क्रान्तिकारी बिद्यार्थीको प्रतिबन्दको बिषयमा त्री वि ले छिट्टै सोलुसन खोज्नुपर्ने, दलगत स्वार्थ हेरेर चुनाब गर्ने र स्थगित गर्ने परिपाटी पुर्ण रुपमा अन्त्य हुनुपर्ने,चुनाबमा बिशेष परिबेक्षक खटाउनुपर्ने लगायत माग पनि उक्त संगठनले राखेको छ । उनले पुराना विद्यार्थी संगठनहरुले अहिले देखी बिभिन्न क्याम्पस हरुमा लडाइ झगडा गर्न थालिसकेको र उनिहरु पहिले कै जस्तो खुकुरी भाला देखाएर बिद्यार्थिलाई डर त्रास देखाउने क्याम्पस बाहिरका गुण्डा डनहरुलाई लगेर गुण्डागर्दी गर्ने डान्स बार दोहोरी तथा होटेलहरुमा लगेर बिद्यार्थी किन्ने जस्ता उदण्ड गतिबिधितिर उद्दत रहेकोले बेलैमा सजग रहन समेत सम्वन्धित सबैको ध्यानाकर्षण गरेका छन ।
भि सि देखी क्याम्पस प्रमुख सम्म सबै राजनितिक भागबन्डा हुनुले समस्या झन बिकराल बनेको र निश्पक्ष चुनाबको वातबाराणमा खल्बलिएको वताउँदै समाजबादी बिद्यार्थी युनियनले यस्ता कुराहरुको भण्डाफोर गर्दै बिद्यार्थिहरु माझ जाने जनाएको छ । पुराना संगठनहरुबाट बिद्यार्थीहरु आर्जित भएकोले विश्वविद्यालय सुधारको लागी पनि यसपाली सबैले आफ्नो संगठनलाई मत दिने आशा समेत रहेको उनले वताएका छन ।
– News source: www.newstimesnepal.com