लिम्बुवान महिला गठन

दमक । ८ फागुन २०७६ । समाजवादी महिला संघ, लिम्बुवान समितिको समायोजन लिम्बुवान दमकमा सम्पन्न भएको छ ।

पुर्व समाजवादी र नयाँ शक्ति महिला बीचको समायोजन कार्यक्रमबाट सरस्वता सिङघक ज्यूको अध्यक्षतामा ४३ सदस्यीय समिती गठन भएको छ ।
अध्यक्ष: सरस्वता सिङगक,
उपाध्यक्ष: शर्मिला आङ्देम्बे,
उपाध्यक्ष: फुङमा बोखिम,
उपाध्यक्ष: गङगा राई शेर्मा,
उपाध्यक्ष: उमा पुन खेवाङ,
सचिव: अग्नीमाया मेचे,
कोषाध्यक्ष: रिता लिम्बु खापुङ ।

अतिथिहरुमा लिम्बुवान समितिका अध्यक्ष तथा समाजवादी पार्टीका राजनैतिक समिति सदस्य खगेन्द्र माखिम, समाजवादी पार्टीका केस भक्त खेवाङ, केस बाङगाई धिमाल, केस लोकसागर साम्बा, केस तथा लिम्बुवान उपाध्यक्ष प्रेमदिप थाम्सुहाङ, प्रदेश १ सदस्य तथा लिम्बुवान राष्ट्रिय समिती मुख्यसचिव केदार धिमाल लगायतको उपस्थिती रहेको थियो ।

Visits: 798