समाजवादी पार्टी पाेखरा महानगर-६ मा राजु अधिकारी २२ मा सरिता क्षेत्री

पाेखरा । समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत साेमबार पोखरा महानगरपालिका वडा नं ६ मा समिति समायोजन गरिएकाे छ ।

राजु अधिकारीको अध्यक्षतामा वडा समिति समायाेजन गरिएकाे हाे । समितिको उपाध्यक्षमा महेश थापा, सचिवमा विजय थापा र सदस्यहरुमा सुरज न्यौपाने, दिलमाया पाहारी, उमेश परियार, पुष्पालक्ष्मी महर्जन, पर्शुराम परियार, सुर्य महर्जन, रामु खड्का छन् ।

समितिको घोषणा समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य कुलवहादुर भुजेलले गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले समाजवादी पार्टीको सिद्धान्त र आन्दोलनमा वडा नं ६ समिति प्रतिवद्ध र सशक्त रहने प्रतिवद्धता व्यक्त गरे ।

महानगरपालिकाका सचिव रामचन्द्र नेपालीले संचालन गरेकाे कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र आगामी कार्यक्रमका बारेमा विसु अभियान ३ नं क्षेत्रका अभियन्ता तथा समाजवादी पार्टीका केन्द्रिय सदस्य देवी सुवेदी, गण्डकी प्रदेश उपाध्यक्षद्वय हेमबहादुर थापा, शम्भु खाती, महानगरपालिकाका अध्यक्ष टिकाराम पौडेल, तमुवान राष्ट्रिय समिति उपाध्यक्षद्धय मनोज किराती र किसन विक लगायतले शुभकामना दिएका थिए ।

यसैगरी साेमबार नै पोखरा महानगरपालिका वडा नं २२ मा पनि सरिता क्षेत्रीकाे अध्यक्षतामा १५ सदस्यीय समिति समायोजन गरिएकाे छ ।

समितिको उपाध्यक्षमा रामबहादुर गुरुङ, सचिवमा सागर थापा, सहसचिवमा प्रकाश विक र कोषाध्यक्ष श्याम पोख्रेल छन् ।सुरेश सुनार, कुमार भुजेल, अनिल भुजेल, थमनबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, विमला लामिछाने सदस्य छन् ।

समायोजित समितिकाे घाेषणा समाजवादी पार्टी प्रदेश सदस्य कुलबहादुर भुजेलले गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष क्षेत्रीले समाजवादी पार्टीको सिद्धान्त र आन्दोलनमा वडा नं २२ समिति सशक्त रहँदै जनताका बिचमा पार्टीलाई पुर्याउने बताइन् ।

 

News courtesy: www.sarbajanik.com

Visits: 550