नेपाली समाज अमेरिकाद्वारा चियापान कार्यक्रम सम्पन्न, संविधान संशाेधन गर्न माग

सुरेश चाम्लिङ,
न्युयाेर्क । नेपाली समाज अमेरिकाले न्युयोर्कमा हालै एक चियापान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्षको आशनबाट सम्बोधन गर्दै समाजका अध्यक्ष समीर महर्जनले नेपालमा संघीयता लागू गर्ने क्रममा प्रदेशको नामाकरण पहिचानको अधारमा राख्नुपर्नेमा धमाधम भूगोलको आधारमा राखिएकाे भन्दै विराेध प्रकट गरे ।

कोशी, गण्डकी, बागमती, सगरमाथा जस्तो नाम त पहिलेदेखि नै रहेकाे भन्दै उनले शासकहरूले देशलाई अग्रगमन होइन, पश्चगमनतिर लान थालेकाे उनले बताए ।

उनले बिभिन्न देशमा पहिचानमा नामाकरण भएको थुप्रै उदाहरण रहेकाे भन्दै नेपालमा पनि पहिचानसहितको संघीयताले मात्र सही अर्थमा शान्ति स्थापना हुने बताए । उनले  संविधान संशोधन गरेर सम्पूर्ण नेपालीको सम्बोधन हुने संविधान बनाउनुपर्ने बताए ।

नेपाली महाबाणिज्य दुतावासका प्रतिनिधी गणेश अधिकारीले सबै नेपाली मिलेर भिजिट नेपाल २०२० लाइ सफल पार्नुपर्ने बताए ।

नेपाली समाज डीएमभीपी अध्यक्ष मिलन राईले अमेरिकाको राजदुत अर्जुन कार्कीसमक्ष नेपाली समुदायको समस्याको बारेमा छलफल गर्नु खोज्दा भेट दिन कन्ज्युस्याई गर्ने र तलब भत्ता पचाउनु घुमफिरमा मात्र व्यस्त हुने भन्दै असन्ताेष व्यक्त गरे । उनले नेपाली जनताले तिरेको करबाट तलब भत्ता खाने तर तीनै जनताको समस्या सुन्न नचाहने राजदुतको काम छैन भने ।

फिपना अधक्ष लोक चेम्जोङले नेपाली जनताले पहिचान खोजिरहेको तर सरकारले उल्टो काम गरिरहेकोले सरकार राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।

उक्त भेलामा एनआरएनएका बिआर लामा, सुर्य लम्साल, शेर्पा किदुकका उर्गेन शेर्पा, जनसम्पर्क समितिका अमर तामाङ, घ्यालसुँदो सेवा समाजका निमा लामा, प्रवासी नेपाली मंचका राधाकृष्ण देउजालगायतकाले आफ्नो भनाइ राखेका थिए ।

नेपाली समाजका कोषाध्यक्ष निला जवेगुले स्वागत भाषण तथा कार्यक्रम संचालन महासचिव मनु लोहोरुङ राइले गरेका थिए ।

नेपालीहरुको २०२० सालभरिको महान चाडहरु माघे संक्रान्ती, इद, छठ, जितिया पर्व, लोसार, येले तङबे, साकेलाको सुखद उपलक्षमा सम्पूर्ण नेपालीलाई भेटघाट गर्ने र शुभकामना आदानप्रदान गर्ने हेतुले वर्षेनि कार्यक्रम गरिदै आएको समाजका सदस्य केशवराम राईले बताए ।

News courtesy: www.sarbajanik.com

Visits: 1575