समाजवादी शिल्पी विशेष प्रदेश खोटाङ जिल्ला उपसमितिमा मुदेल

खोटाङ । खोटाङमा शुक्रबार तिलक मुदेलको अध्यक्षतामा समाजवादी शिल्पी विशेष प्रदेश जिल्ला उपसमिति गठन गरिएको छ ।

समाजवादी पार्टीको कृषि तथा भू–व्यवस्थापन विभागका प्रमुख कृषिविज्ञ मदन राई, समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्यबहादुर, पार्टीको खोटाङ जिल्ला अध्यक्ष टंक थापालगायत नेताहरुको उपस्थितिमा उपसमिति घोषणा गरिएको हो ।

उपसमितिको उपाध्यक्षमा रामबहादुर विक, सचिवमा लालबहादुर विक, सहसचिवमा डिल्लीसेर विक र कोषाध्यक्षमा दुर्गा छन् । उपसमिति ३७ सदस्यीय छ ।

कार्यक्रममा समाजवादी महिला संघ खोटाङकी अध्यक्ष अञ्जना राई र दिक्तेल रुपाकोट मझुवागढी नगरका अध्यक्ष तथा वडा नं ५ का वडाअध्यक्ष (जनप्रतिनिधि) निर्मल राई समेत उपस्थित थिए ।

– news courtesy: https://www.sarbajanik.com

Visits: 2102