समाजवादीकाे दाेलखा-काठमाडाैं सम्पर्क समिति गठन, अध्यक्ष पेमा साङ्बाे शेर्पा

काठमाडाैं । समाजवादी पार्टीकाे दाेलखा-काठमाडाैं सम्पर्क समिति गठन गरिएकाे छ ।

शनिबार काठमाडाैं आयोजित कार्यक्रमबाट पेमा साङ्बाे शेर्पाकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । समितिकाे उपाध्यक्षमा गणेश थामी, सचिवमा सन्ताेष खड्का, सहसचिवमा आङकाजी शेर्पा र काेषाध्यक्षमा नविना श्रेष्ठ चुनिएका छन् ।

सदस्यहरुमा रामकाजी भण्डारी, केदार थापा, लालकुमार खड्का, जनक अधिकारी, मिङमा छिरिङ शेर्पा, दिपेश थापा, प्रकाश थोकर, धनबहादुर मगर, पेम्बा शेर्पा, रमेश थामी र खेम खड्का छन् ।

समाजवादी पार्टीकाे गैरभौगोलिक ३ नं प्रदेश विशेष सम्पर्क समितिका अध्यक्ष मीनबहादुर तामाङकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे । जसमा गैरभाैगाेलिक विशेष प्रदेशका सहइन्चार्ज देवराज राईका साथै दीपेन्द्र आङदेम्बे, ईश्वर रिजाल, गाेपालराज राई, रहर खड्का लगायत पार्टीका नेता सहभागी थिए ।

सम्पर्क समिति गठनलाई तत्कालिन संघीय समाजवादी फाेरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचकाे समायोजनकाे रूपमा समेत लिइएकाे छ ।

 

  • News courtesy: www.sarbajanik.com
Visits: 437