समाजवादी पार्टी बैतडी जिल्ला अध्यक्षमा मनोरथ पाण्डे

बैतडी । समाजवादी पार्टीकाे बैतडी जिल्ला समिति समायोजन गरिएकाे छ ।

तत्कालिन संघीय समाजवादी फाेरम र नयाँ शक्ति पार्टीकाे जिल्ला समितिबीच शनिबार समायाेजन गरिएकाे हाे ।

समायोजनपछि मनोरथ पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएकाे छ ।

समायोजन कार्यक्रममा समाजवादी पार्टी सुदुरपश्चिम प्रदेश समितिकी उपाध्यक्ष निर्मल रतोकी मुख्य अतिथि थिए ।

– News courtesy: www.sarbajanik.com

Visits: 417