नेपाली समाज जापान, कानागावाकेन क्षेत्रिय समिती गठन


जापान । २३ अगष्ट २०१९ । समाजवादी पार्टी नेपालको प्रवास समिती नेपाली समाज जापान कानागावाकेन क्षेत्रिय समिती बशन्त राई को अध्यक्षतामा ११ सदस्यीय गठन भएको छ । कानागावाकेनमा यस् अघी रहेको तदर्थ कमिटिले अौपचारिक रुपमा सङगठित रुप लिएको हो ।

नेपाली समाज जापानको नेताहरु क्रमस पेम्बा शेर्पा सन्जिब राई र शिशिर निङ्लेकु लिम्बुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कनागावाकेन क्षेत्रिय समितिले पहिचान जनित १० +१ संघीय राज्यहरु स्थापना गराउन र समाजवादको यात्रामा थप टेवा पुग्ने आशा गर्दै नव निर्वाचित पदाधिकारीहरु र समितिका सबैलाई नेपाली समाज जापान हार्दिक बधाई ब्यक्त गर्दछ ।

नव निर्वाचित समितिमा अध्यक्ष बसन्त राई, उपाध्यक्षद्वय दीपक सुबेदी, रश्मिता राई ,सचिब कबिता मगर,कोषाध्यक्ष महेस लामा,सदस्यहरुमा विश्व लामा,रविना तामाङ्, रुबेन तामाङ्, सबिता घिमिरे, ललित श्रेष्ठ,जोन राई रहेका छन् ।

Visits: 785