योगेन्द्र राय यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ घोषणा (पूरा नामावली)


ललितपुर– २४ अगष्ट २०१९ । तत्कालिन संघीय समाजवादी फोरम नेपालनिकट समाजवादी युवा फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालनिकट युवा शक्ति नेपालबिच आइतबार समायोजन गरी ‘समाजवादी युवा संघ’ घोषणा गरिएको छ ।

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रममा योगेन्द्र राय यादवको अध्यक्षतामा १३३ सदस्यीय समाजवादी युवा संघ घोषणा गरिएको हो ।
अध्यक्ष यादव प्रदेश नं २ को भूमि सुधार राज्यमन्त्री समेत हुन् ।

समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईकै उपस्थितिमा समाजवादी युवा संघ घोषणा गरिएको हो ।

समाजवादी युवा संघममा पदाधिकारीहरुको संख्या २७ छ । संघको वरिष्ठ उपाध्यक्ष तीनजना छन् । जसमा सञ्जिवकुमार यादव (सिरहा), हेमन्त राई (खोटाङ) र निरज प्रधान (काठमाडौं) छन् ।

सात जना उपाध्यक्ष बनाइएको छ । जसमा श्याम शिल्पकार (भक्तपुर), दिनेश पटेल (बारा), शिवराज यादव (सुनसरी), असलम खान (बाँके), रमेश थापा (कैलाली), परशुराम पोखरेल (गोरखा) र दिपक महतो (सर्लाही) छन् ।
महासचिवमा जितेन्द्र सिंह महरालाई चयन गरिएको छ । उपमहासचिव पनि तीनजनै छन् ।

बाँकी तलकाे सूची हेर्नुहोला ।

Source: sarbajanik.com

Visits: 1103