समाजवादी खेलकुद महासंघमा नेत्रबहादुर नेम्वाङ (पूरा नामावली)

ललितपुर– २४ अगष्ट २०१९ । समाजवादी पार्टीनिकट खेलाडीहरुको संगठन संघीय समाजवादी खेलकुद महासंघ गठन गरिएको छ ।

पार्टी एकतापछि दुवै पार्टीनिकट खेलाडीहरुको संगठनबीच समायोजन गरी नेत्रबहादुर नेम्वाङ (नरेश)को अध्यक्षतामा ५१ सदस्यीय महासंघ घोषणा गरिएको हो ।

महासंघको उपाध्यक्षमा विष्णुराज खड्का, बाबुराजा महर्जन, सन्तोष दास, नरेश थापा छन् ।

महासचिवमा भरत अधिकारी, उपमहासचिवमा शेखर राई, गुणबहादुर लामा, दोर्जे लामा र राजेशकुमार गुप्ता छन् ।

सचिवहरुमा सञ्जयकुमार मानन्धर, दिपा लिम्बू, रजनी श्रेष्ठ, राजेन्द्र नगरकोटी, सिद्धराज सोती, जितेन्द्र यादव छन् भने कोषाध्यक्षमा किरणरत्न मानन्धर चुनिएका छन् ।

Source: sarbajanik.com

Visits: 2093