समाजवादीले मात्रै शिल्पी समुदायकाे अधिकार स्थापित गर्नेछः श्रेष्ठ


काठमाडाैं । ५ सेप्टेम्बर २०१९ । समाजवादी पार्टीअन्तर्गत शिल्पी विशेष प्रदेश समितिकाे कार्यालय स्थापना गरिएकाे छ । पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठबाट बिहीबार कार्यालयकाे उद्घाटन समेत गरिएकाे छ ।

साे क्रममा नेता श्रेष्ठले नेपाली राजनीतिक इतिहासमा दलित बनाइएका शिल्पी समुदायकाे मुक्ति समाजवादी पार्टीबाट मात्रै हुने बताए ।

पार्टीका उपाध्यक्ष पुर्व मन्त्री हिसिला यमीले पार्टीभित्र दलित बनाइएका शिल्पीहरुको समानुपातिक सहभागिताको लागि आफू लड्ने बताइन् । उनले शिल्पी समुदाय महिलालाई समेत पार्टीभित्र सशक्त बनाउन विशेष प्रदेशकाे नेतृत्वलाई निर्देश गरेकी छ्न् ।

शिल्पी विशेष प्रदेशका इन्चार्ज एवं पार्टीका उपमहासचिव दानबहादुर विश्वकर्माले शिल्पी विशेष प्रदेशले देश बिदेशमा रहेका शिल्पी समुदायलाई एकताबद्द गराउँदै राजनीति मुद्दा अन्य पार्टीका दलित संगठनका भन्दा फरक ढंगबाट साच्चिकै दलित मुक्ति गरेर सम्मानजनक पहिचानका लागि सशक्त लाग्न निर्देश गरेका थिए ।

कार्यक्रममा विशेष प्रदेशका सहइन्चार्जद्वय कमला हेमचुरी, रामबहादुर नेपाली पार्टी केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका मुख्य सचिव माेहन बराइली, प्रतिनिधि सभा सदस्य कलुदेवी विश्वकर्मा लगायत नेताहरूकाे सहभागिता थियाे ।

कार्यक्रमका सभापति विशेष प्रदेशका अध्यक्ष दलमर्दन कामीले चाडोभन्दा चाडो प्रदेशको पदाधिकारीको बैठकबाट विशेष कार्यक्रमको याेजनाका साथ पार्टी निमार्णमा लाग्ने र आगामी दुई बर्षभित्रमा पार्टीलाई देशको बैकल्पिक राजनीति पार्टीको रूपमा स्थापना गर्दै शिल्पी समुदायका नेतृत्वलाई देशको उच्च नेतृत्वमा पुर्याउने बताए ।

News sources: sarbajanik.com and Dalmardan Kami’s facebook

Visits: 2669