देशमा लुटतन्त्र रोक्न समाजवादीका उम्मेदवारलाई जिताऔं : डा.भट्टराई

पोखरा, ९ मंसिर २०७६ । समाजवादी पार्टी, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले विगतका पार्टी र नेताहरुले देशमा लुट मात्रै मच्चाइरहेकाले समृद्ध मुलुकका लागि समाजवादी पार्टीलाई मत दिन आग्रह गरे ।

सोमबार कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार बनेको धर्मराज गुरुङको चुनावी कार्यक्रममा पुगेका डा. भट्टराईले सबैको आत्म सम्मान हुने सम्मनुत समाज निर्माणका लागि बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीका उम्मेदवार गुरुङलाई मतदान गर्न आग्रह गरे ।

उनले जनतालाई पटक पटक धोका दिँदै मुलुक बर्बादीमा पुर्याउने कांग्रेस–कम्युनिष्टको अनुहार चिन्न आग्रह गरे । ‘कांग्रेस र कम्युनिष्ट भनेका कोकाकोला र पेप्सीकोलाजस्तै हुन्,’ उनले भने, ‘जसले स्वास्थ्य खराबी ल्याउँछ । समाजवादी पार्टी मुलुक र जनताका लागि संजिवनी हो ।’

उनले कांग्रेस र नेकपालाई बिदा गरी नेपालीलाई पहिचान, अधिकार, साझा, समृद्ध बनाउने नीति र योजनाका साथ इच्छाशक्ति र नेतृत्व भएको समाजवादी पार्टीका उम्मेदवार गुरुङलाई रोज्न आग्रह गरे ।

News source: nagarikkhabar.com

Visits: 770