सुनसरीकाे साँस्कृतिक महासंघमा फाेम्बाे

धरान, ११ पुष २०७६ । समाजवादी पार्टी सम्वद्ध समाजवादी साँस्कृतिक महासंघ जिल्ला समिति सुनसरीकाे समायाेजन तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएकाे छ ।

ईन्द्र फाेम्बाे (लिम्बू) काे अध्यक्षतामा पूर्व नयाँशक्ति पार्टी निकट साँस्कृतिक समूहसंग समायाेजन गर्दै १ सदस्य पछि थप गर्नेगरि ११ सदस्यीय कमिटी गठन गरिईएकाे हो । पूर्नगठित समितिकाे उपाध्यक्षमा गाेमा कुलुङ राई,सुदेश राई सचिवमा परम राई सहसचिवमा दिपेश ईसारा राई काेषाध्यक्षमा उमा चाम्लिङ र सदस्यहरुमा गाेपाल हाङ्खिम,सुनन्द सरगम,शान्ति चेम्जाेङ् र वि.एन राई रहेका छन् । समाजवादी पार्टीकाे धरान उपमहानगर समितिकाे कार्यालयमा सम्पन्न भएकाे उक्त कार्यक्रम महासंघकी उपाध्यक्ष गाेमा कुलुङकाे अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीकाे प्रमुख आतिथ्य रहेकाे थियाे भने कार्यक्रम संचालन कुमार प्रधान र दिपेश ईशाराले गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लावतीले “कला, साहित्य, सँस्कृति र कलाकर्मी समाजका ऐना र कुनै पनि संगठनकाे मेरुदण्ड” भएकाे बताए ।

Visits: 1085