धरानमा लिम्बुवान तथा पहिचानवादी शक्तिबीच एकताको पहल थालिँदै

धरान, १९ पौष २०७६ । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको प्रथम भेला तथा बैठक धरानमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न बैठकले २०७६ चैत्र १ र २ गते लिम्बुवान राष्ट्रिय भेला धरानमै आयोजना गर्ने निर्णय गरेको खगेन्द्र माखिमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा लिम्बुवान तथा पहिचानवादी शक्तिहरूलाई समाजवादी पार्टीमा प्रवेश तथा एकता गराउन र लिम्बुवान शक्तिहरूबीच संयुक्त संघर्ष समिति निर्माण तथा भएको मोर्चालाई क्रियाशील गराउनका लागि जेन्टल लावतीको संयोजकत्वमा समिति पनि गठन भएको छ । सदस्यहरु टंक सेलिङ, कुमार साम्यु, मातृका धिमाल, सुवास लाबुङ छन् ।

‘नेपालको अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश’ सुनिश्चित गर्न तात्कालिक, अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न, अपूरो अधूरो लिबुवान आन्दोलन पूरा गर्न, लिम्बुवानको बारे स्पस्ट अवधारण ल्याउने निर्णय पनि भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा लिम्बुवान राष्ट्रिय समितिको पदाधिकारी निर्माण भएको जनाइएको छ ।

समितिको अध्यक्षमा खगेन्द्र माखिम छन् । यस्तै, उपाध्यक्षमा गजेन्द्र ईश्वो, प्रेमराज लावती, सरु सिङगक, प्रेमदिप थाम्सुहाङ, जेन्टल लावती, मुख्यसचिव केदार धिमाल , सचिव टंक सेलीङ, खेमराज राई, सरकुमारी आठपहरिया, नन्दहाङ नेम्बाङ, कोषाध्यक्ष एविराज आङदेम्बे, सहकोषाध्यक्ष (सर्मिला आङदेम्बे रहेका छन् ।

 

News source: http://www.hamrokoshiawaz.com


Visits: 885