समाजवादी यूवा संघ देशको बैकल्पिक यूवा शक्ति


पौष १९ गते।। आज समाजवादी यूवा संघ – केन्द्रिय समिति काठमाण्डौं, शान्तिनगरमा बसेको प्रथम केन्द्रिय समिति बैठक सफलता पुर्वक सम्पन्न भएको छ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा यूवा इन्चार्ज देवी सुवेदी ज्युको प्रमुख अतिथ्यमा, केन्द्रिय सदस्य तथा सह-इन्चार्ज फिरोज मंसुर ज्युको बिशिष्ठ अतिथ्यमा, केन्द्रिय सदस्य, केन्द्रिय यूवा अध्यक्ष, तथा प्रदेश नं -२, भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मा. योगेन्द्र राय यादव ज्युको अध्यक्षतामा प्रथम केन्द्रिय समिति बैठक बसेको थियो।

१३३ सदस्य रहेको समाजवादी यूवा संघ केन्द्रिय समितिको आजको बैठकमा बिभिन्न आयोग तथा बिभाग बनाइने निर्णय गरियो साथै एक ४५ सदस्य सहितको राजनितिक सचिवालय समिति गठन गर्ने बारे निर्णय पनि गरियो।

साथै बाकी रहेको प्रदेशको समायोजन तथा जिल्ला स्तरको समायोजन सम्पन्न गर्न निर्देशन सहित केन्द्रिय यूवा समितिको केन्द्रिय कार्यालय स्थापना गर्न तैयारी समिति बनाई यहि माघ ४ गते समाजवादी पार्टीको केन्द्रिय कार्यालय भवनमा यूवा कार्यालय स्थापना तथा उद्धघाटन गर्ने निर्णय पनि गरियो।

समाजवादी यूवा संघले देशमा बिधेमान राजनितिक परिस्थिति प्रति आफ्नो चाँसो राखि त्यस प्रति अहम भुमिका निर्वाह गर्ने। साथै सरकारले उखु किसानहरू संग गरेको सम्झौता सहि तरिकाले पालना गर्नु पर्ने यदि यसो न भएको खण्डमा समाजवादी यूवा संघ किसानको पक्षमा जोरदार आन्दोलन गर्ने प्रष्ट पनि पारियो। हालै आएको अभिब्यक्ति स्वतन्त्रता कुंठित पार्ने बिधेयक सरकारले नल्याउन पनि आग्रह गरियो। नागरिकको स्वतन्त्र अभिब्यक्तिको हकलाई कसैले पनि बन्देज गर्नु नहुने र यसको गरिए समाजवादी यूवा संघ चुप्प न बस्ने उदघोष गरियो।

समाजवादी यूवा संघ बैकल्पिक यूवा शक्तिको रूपमा अघि बढेको र सबै यूवा साथी आ-आफ्नो क्षेत्रमा सङ्गठन बलियो बनाउँन र जनता तथा यूवासंग जुड्न र जोड्न ध्यान केन्द्रित गर्न पनि निर्देशन गरियो।

समाजवादी पार्टीको सिद्धान्त र बिचारलाई जनता माझ लग्न र यसलाई जन स्तर सम्म पुगाउने कार्यमा अहम भुमिका निर्वाह गर्न पनि निर्देशन भयो।

७ वटै प्रदेशको सङ्गठन विस्तार र सङ्गघठित गरि अघि बढ्नु पर्ने सबैको विचारका साथ साथ आयोग र बिभाग कार्यदलले टुङ्गो लगाई अगामि बैठकमा पेस गर्ने निर्णयका साथ भब्य रूपले सम्पन्न भयो।

Visits: 1261