समाजवादी पार्टीकाे बौद्धिक पेसाकर्मी महासंघ गठन

काठमाडाैं- ६ अगष्ट २०१९ । नेपाल बौद्धिक पेसाकर्मी महासंघकाे अध्यक्षमा कृष्ण शर्मा चयन भएका छन् ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई गठन भएको समाजवादी पार्टीको पेशागत संगठनको रुपमा समायोजित भई बनेको बौद्धिक पेशाकर्मी महासंघकाे अध्यक्षमा शर्मा चयन भएका हुन् ।

शर्माकाे अध्यक्षतामा १३ सदस्यीय समिति घोषणा गरिएकाे छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न भेलाबाट उपाध्यक्षहरुमा दुर्गा न्यौपाने, प्रा. प्रेम एक्तेन, प्रा. अर्जुन श्रेष्ठ, ई. जितेन्द्र यादव, सरोज खेलाडी चयन भएका हुन् ।

महासचिवमा विरेन्द्रकुमार ठाकुर, उपमहासचिवमा डा. अशोक थापा, सचिवमा डा. रामदेव पण्डित, मञ्जारुल अन्सारी र कोषाध्यक्षमा उत्तम श्रेष्ठ छन् ।

त्यसैगरि महासंघले प्रदेश नं २ को इन्चार्जमा ई जितेन्द्र यादवलाई चयन गरेको छ ।

Visits: 2707

1 Comment

Leave a Reply to Dr.dilip kumar yadav Cancel reply

Your email address will not be published.


*