लिम्बुवान राष्ट्रिय सम्पर्क समिती र किरात राष्ट्रिय सम्पर्क समिती बीच एकिकरण

काठमाडौं । २२ फेब्रुवरी २०२० । समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री पर्शुराम खापुङको प्रमुख आतिथ्यता लिम्बुवान राष्ट्रिय सम्पर्क समिती र किराँत राष्ट्रिय सम्पर्क समिती बीच एकिकरण भएको छ ।

केन्द्रिय सदस्य तथा गैरभौगोलिक बिशेष प्रदेश इन्चार्ज रेखा यादव लगायत केन्द्रिय सदस्य साथै समाजवादी पार्टिको विभिन्न कमिटीमा सम्बद्द नेता साथै कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा तत्कालीन ससफो र नया शक्ति पार्टीको समायोजन अन्तरगत यस पार्टी निकट लिम्बुवान राष्ट्रिय सम्पर्क समिती टेक लावतीको अध्यक्षतामा ३५ सदस्य कार्य समिती र किराँत राष्ट्रिय सम्पर्क समिती अधिराज राईको अध्यक्षतामा २३ सदस्य कार्य समिती समायोजन कार्य सम्पन्न भएको हो ।

Visits: 457