यो अध्यादेशले भोलि नेकपालाई पनि छोड्दैन : अध्यक्ष यादव

८ बैशाख, काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशले कसैलाई फाइदा नगर्ने उनको भनाइ छ । ‘एकदलीय कम्युनिष्ट सर्वसत्तावाद लाद्नका लागि अध्यादेश ल्याएको देखिन्छ’ यादवले अनलाइनखबरसँग भने, ‘अहिले हामीलाई लक्षित गरेर ल्याइएको होला, तर भोलि यसबाट नेकपा पनि अछुतो रहँदैन ।’

कोरोना कहरबाट जनताको प्राण रक्षा गर्नुपर्ने बेलामा सरकारले घीनलाग्दो काम गरेको यादवको भनाइ छ । उनी भन्छन्, ‘दुई-चारजना सांसद खरिद गर्ने उद्देश्यले ल्याइएको होला, तर यो अध्यादेशले विभाजन होइन, राजपासँगको एकता निश्चित गरेको छ ।’

– News courtesy: onlinekhabar.com

Visits: 1775