पार्टी एकीकरणको खुशीयालीमा लकडाउनमा दीपावली

काठमाडौँ, २३ अप्रिल २०२० । राजपा र समाजवादी पार्टीबीच एकता भई जनता समाजवादी पार्टी निर्माण भएकोमा दुवै पार्टीका कार्यकताले सप्तारीको राजविराजमा खुशीयाली मनाएका छन् ।

राजविराजको गजेन्द्र चोक र जनआन्दोलन चोकमा मैनबत्ती बाली दीपावली गरिएको हो। लकडाउनका बाबजुद दीपावलीमा राजपा र समाजवादीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताको सहभागिता थियो। पार्टी एकताले मधेसी जनताको अधिकार सुनिश्चित हुनेभन्दै खुशीयाली मनाइएको दिपावलीमा सहभागी एक नेताले बताए। दीपावलीमा राजविराजका मेयर शम्भु यादव तथा तिलाठी गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि पनि सहभागी थिए।

कार्यकर्ताले खुशी भएर दीपावली गरेको तर सामाजिक दूरी कायम राखिएको नेता मनिष सुमनले बताए। ‘फोटो खिच्ने बेलामा चाहिँ दूरी कायम भएन। नत्र दुरी कायम गरेरै खुशीयाली मनाइएको हो,’ उनले भने।

– News courtesy: ekantipur.com

Visits: 1236