जनता समाजवादी पार्टीमा एकताबद्ध हुन डा. बाबुराम भट्टराईको अपिल

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले नेपालमा कांग्रेस र कम्युनिष्टको वैकल्पिक अग्रगामी शक्तिको रुपमा आफ्नाे पार्टीमा एकताबद्ध हुन अपिल गरेका छन् ।

बुधबार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिच एकता पत्रमा हस्ताक्षर गर्ना साथ नेता भट्टराईले सो अपिल गरेका हुन् ।

उनले दुई पार्टीबिच एकता भएको जानकारी दिदै मुलुककै भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण भएको दाबी गरेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट अध्यादेश ल्याएर समाजवादी पार्टी र राजपालाई फुटाउने प्रयास गरेको भए पनि दुई दलबीच सोअघि नै रातारात एकता गरिएको हो ।

एकीकृत पार्टीको पदाधिकारी र घोषणाबारे भने नेताहरुले केही उल्लेख गरेका छैनन् र प्रधानमन्त्री ओलीले समाजवादी पार्टी फुटाउनुपूर्व एकता गर्न दुई दल सफल भएको छ ।

Visits: 8258