
काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले विश्वका शक्तिशाली राष्ट्रहरुको घुँडा टेकाएको देखि नेपाललाई ७ अंक नफाप्ने कुरा समेत नयाँ वर्षको शुभकामनामा समेटेका छन् ।
साथै ७ अंक नेपाललाई नफाप्ने र उथलपुथलकारी हुने संकेत उनले गरेका छन् । एउटा ७ ले नेपाली राजनीतिक इतिहासमा उथलपुथलकारी भएको संकेत गर्दै डबल ७ को वर्षलाई महाउथलपुथलकारी को संकेत देखाएका छन् ।
ट्वीट मार्फत नयाँ वर्षको शुभकामना दिँदै डा. भट्टराइले भनेका छन्, “७अंक जोडिएका बर्ष नेपालमा उथलपुथलकारी हुने गरेका छन डबल ७७ महाउथलपुथलकारी हुन सक्छ स्वागत गरौं ।”
भर्खरै विसं२०७६ विदा भएर२०७७शुरू भएको छ!२०७६लेCOVID-19मार्फत् विश्वका शक्तिशाली देशहरूलाई घुँडा टेकाएको छ भने नेपालमा कम्युनिष्ट खोल ओढेको आसेपासे पुँजीवादको फोहरी चेहरा उदांगो पारेको छ!७अंक जोडिएका बर्ष नेपालमा उथलपुथलकारी हुने गरेका छन्;डबल ७७महाउथलपुथलकारी हुनसक्छ;स्वागत गरौं!
— Baburam Bhattarai (@brb1954) April 12, 2020
– News courtesy: https://www.lokpath.com