समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक भोलि, पर्सीदेखि केन्द्रीय समितिको बैठक

काठमाडौं । समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक माघ १३ गते काठमाडौंको कीर्तिपुरमा बस्ने भएको छ ।

समाजवादी विद्यार्थी युनियनका उपमहासचिव प्रकाश चाम्लिङले माघ १३ गते पदाधिकारी बैठक बस्ने र लगत्तै १४ र १५ गते केन्द्रीय समितिको बैठक बस्ने बताए । बैठकको प्रमुख एजेण्डा स्ववियु निर्वाचनको तयारी रहेको छ ।

स्ववियु निर्वाचन आगामी फागुन १४ गते हुँदैछ । ‘स्ववियु निर्वाचनको तयारीका लागि बैठक बस्दैछौ, उपमहासचिव चाम्लिङले भने, ‘बैठकमा स्वभाविक हिसाबले अन्य विषयमा पनि कुराकानी हुनेछ ।’

समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक समावेशीको आधारमा स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै आएको छ । समाजवादी विद्यार्थी युनियनको प्रदेश १, २ र ३ (बाग्मती) प्रदेश समायोजन हुन सकेको छैन ।

बाँकी प्रदेशमा भने समायोजन भइसकेको छ । प्रदेश समायोजनलाई पनि चाडै टुंगो लगाइने चाम्लिङले बताए ।

 

source: www.sarbajanik.com

Visits: 1644