विश्वविद्यालयको पदाधिकारी नियुक्तीमा भागबण्डा नहाेस्ः समाजवादी विद्यार्थी

काठमाडौं । ३ अगष्ट २०१९ । समाजवादी विद्यार्थी युनियनले विश्वविद्यालयहरुको पदाधिकारी नियुक्ती गर्दा दलीय भागबण्डा नगर्न सरकारलाई चेतावनी दिएको छ ।

विश्वविद्यालयको पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्नुपर्ने र कुनै राजनीतिक भागबण्डा हुन नहुने भन्दै युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले मंगलबार विज्ञप्ती निकालेका हुन् । युनियन सत्तारुढ समाजवादी पार्टीनिकट विद्यार्थी संगठन हो ।

‘दुई तिहाई बहुमत प्राप्त सरकारले आप्mनो दलीय आकांक्षा मात्र होइन मुलुकको भविश्यलाई ध्यानमा राख्दै विश्वविद्यालयको पदाधिकारी नियुक्ती गर्दा शैक्षिक मर्यादा र विश्वविद्यालयको विश्वसनीयता स्थापित गर्न र विश्वभरिबाट विद्यार्थीहरुलाई आकर्षित गर्न सक्ने शैक्षिक संस्थामा रुपान्तरित गर्ने कार्यदिशामा विश्वविद्यालयलाई नेतृत्व गर्न सक्ने पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गरियोस् भन्ने माग सरकारसँग राख्दछौ,’ विज्ञप्तीमा भनिएको छ, ‘देशको भविश्यसँग जोडिएको विश्वविद्यालयको पदाधिकारी नियुक्ती प्रक्रियामा भागबण्डा र दलीय नियुक्ती गरिए सरकारको निर्णयविरुद्ध संघर्ष गर्न बाध्य हुनेछौं ।’

Sources: sarbajanik.com

Visits: 1156