नेपालकाे शासन व्यवस्था न केटा न केटी जस्तोः अशोक राई


रामेछाप । २३ सेप्टेम्बर २०१९ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नाे पार्टीको धारणा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली रहेको प्रष्ट पारेका छन् ।

गत शनिबार पार्टीको रामेछाप जिल्ला समितिको समायोजनसभामा बोल्दै नेता राईले सो कुरा बताएका हुन् ।
उनले राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित र संसद पूर्ण समानुपातिक हुनुपर्ने आफ्नाे दलीय धारणा रहेको बताए ।
उनले अहिलेको शासन व्यवस्था न केटा न केटी जस्तो भएको बताए ।

अहिलेको शासन व्यवस्था संसदीय पनि नभएको राष्ट्रपतीय पनि नभएकोले छुट्याउनै नसकिने खालको भएको उनले बताए ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री र सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव लगेर प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने भए पनि अहिलेको शासन व्यवस्थामा प्रधानमन्त्रीले जतिसुकै नराम्रो काम गरे पनि दुई वर्षसम्म केही गर्न नपाउने व्यवस्था रहेको उनले बताए ।

समायोजनपछि सोनाम तामाङको अध्यक्षतामा ४५ सदस्यीय रामेछाप जिल्ला समिति घोषणा गरिएको छ ।

– Source: https://www.sarbajanik.com

Visits: 709