समाजवादी पार्टी झापा जिल्ला अध्यक्षमा दिपेनवाला राई


झापा । २५ सेप्टेम्बर २०१९ । समाजवादी पार्टी झापा जिल्लाकाे अध्यक्षमा दिपेन वाला राई चयन भएका छन् ।

मंगलबार झापाकाे विर्तामोडस्थित अतिथि सदनमा भएकाे दुवै दलका समायाेजनपछि राईको नेतृत्व ९९ सदस्यीय समिति गठन गरिएको हाे ।

समितिकाे सचिवमा पुष्प पौडेल, सहसचिवमा अर्जुनकुमार राई, कोषाध्यक्षमा राजु खड्का चयन भएका छन् ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख अतिथि थिए ।

जसमा पार्टीका उपाध्यक्ष युवराज कार्की, सचिव डम्बर खतिवडा लगायत नेताहरूकाे सहभागिता थियाे ।

Sources: sarbajanik.com

Visits: 619