उपनिर्वाचनका लागि समाजवादी पाटीको उम्मेदवारी घोषणा


कात्तिक २२, २०७६ संखुवासभा : आगामी मंसिर १४ गते हुन उपनिर्वाचनका लागि समाजवादी पाटी नेपाल संखुवासभाले पनि उम्मेदवारी घोषणा गरेको छ।

समाजपाटी नेपालले मकालु गाउँपालिका अध्यक्ष पदका लागि नुर्ब शेपालाई उम्मेदवार बनाउने भएको छ। शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दे समाजपाटीले पाटीले उम्मेदवार घोषण गरेको हो। समाजवादी पाटी बिहिबार बसेको जिल्ला कमिटीको बैठकले नुर्ब शेर्पालाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने सर्वम्मत निर्णय भएको जिल्ला अध्यक्ष कवान शेन राईले जानकारी दिए। समाजवादी पाटी बाट गाउँपालिका अध्यक्ष पदका लागि तीनजना आंकाक्षी देखिएका थिए। समाजवादी पाटी बाट नुर्व शेर्पा,विरेन्द्र राई र मुकेश तामाङको नाम आएको भए पनि जिल्ला कमिटीको बैठकले सर्वसम्मत नुर्ब शेर्पालाई उम्मेदवार निणर्य भएको बताए। तर खाँदबारी नगरपालिका-३ को अध्यक्षका लागि भने सहमति जुट् नसकेको बताए। अध्यक्ष राईले भने वडामा पनि हामीले सहमतिमै चाडै टुंगो लगाउने बताए।

मकालु गाउँपालिका अध्यक्ष पदका लागि सत्तारूढ दल नेकपा र कांग्रेसले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेको छन्। मकालु गाउँपालिका अध्यक्ष जिप दुर्घटना र खाँदबारी–३ का अध्यक्ष हृदयघात बाट मृत्यु भएको थियो। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी–३ मा १८ सय २२ मतदाता छन्।

News source: thahakhabar.com

Visits: 872