युकेको समाजवादी र नयाँशक्ति बीच एकिकरण सम्पन्न


१४ डिसेम्बर २०१९ का दिन लण्डनको ह्यारोमा संङ्घीय समाजवादी फोरमको प्रवास संगठन नेपाली संघीय समाज र नयाँशक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकिकरण सम्पन्न भएको छ ।

सघीय समाजका अध्यक्ष बालकृष्ण राई र अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङ साथै केन्द्रीय सदस्यद्धय भगवान चाम्लिङ र टेक बहादुर थापाद्धारा सयुक्त रुपमा पानसमा बत्ति बालेर एकता घोषणा कार्यक्रमको उद्घाटन गरिएको थियो । दुवै प्रवास संगठनहरु विघठन गरि नेपाली समाज युके बनेको घोषणा चन्द्र गुरुङले गर्नुभयो भने नयाँ बनेको सयुक्त समितिका पदाधिकारीलाई नेपालका केन्द्रीय सदस्य चाम्लिङले सफथ खुवाउनु भएको थियो ।

एकिकरण समारोहमा निम्नअनुसार पदाधिकारी रहेको युके राष्ट्रिय समिति घोषणा भयो । अध्यक्षद्धय बालकृष्ण राई र चन्द्र प्रसाद गुरुङ, सहअध्यक्षहरु श्रीमति बसुन्धरा याख्खा, कमल प्रसाद राई, रत्न थापामगर, बल्लभ गुरुङ, थमन विश्वकर्मा, उपाध्यक्षहरु श्रीमति विमला राई, दाबा स्याङबो, राजकुमार राई, श्रीमति मिनु राई, सुमित्रा राई, डा. दिलिप कुमार यादव, हेम कुमार गुरुङ, राजु कडेल, श्रीमति हुम कुमारी गुरुङ र श्रीमति युमा लिम्बु, महासचिव मिलनचन्द्र राई, उपमहासचिव श्रीमति लिलासेलिङ माबो, उपमहासचिव चन्त वनेम, चार सचिवहरु होम बहादुर सुनुवार, कृष्ण गैरे, डा. प्रमोद राई, कुमार घले, मैतलाल लिम्बु, कोषाध्यक्ष राजेन्द्र नाल्बो, सहकोषाध्यक्ष धनकाजी गुरुङ र सदस्यहरु क्रमशः फूर्वा शेर्पा लामा, रिन्जी शेर्पा, मनिधन राई, शिब लामा गुरुङ, अनुप श्रेष्ठ, रामबहादुर घर्ति, चुवनजंग गुरुङ, नयन राई, विजय लुङफूङ्वा, क्रान्ति मास्के, पाण्डव महतो, श्रीमति तकमाया गुरुङ, सुश्री आकाक्षा गुरुङ, मनिराज गुरुङ, तेज माबो, सुवर्ण इधिङगो, दिलसिंङ मेन्याङ्बो र पदेन सदस्यहरु रिडिङ शाखा अध्यक्ष तिल बहादुर गुरुङ, रसमोर शाखा अध्यक्ष जयप्रकास राई, वर्किङ शाखा अध्यक्ष रामबहादुर देउसाली, लण्डन शाखा अध्यक्ष पूर्ण कुमार लिम्बु, अक्सफोर्ड शाखा अध्यक्ष तेजबहादुर मेन्याङबो, स्कटल्याण्ड शाखा अध्यक्ष शिव प्रसाद लिम्बु र स्वीडन शाखा अध्यक्ष बल्लभ गुरुङ रहनु भएको छ ।

कार्यक्रमलाई शुभ कामना संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र प्रवास समिति इन्चार्ज आङकाजी शेर्पाले फेसबुक मार्फत शुभकामना दिनुभए लगतै गैर आवासिय नेपाली सङ्घ युकेकी अध्यक्ष श्रीमति पुनम गुरुङ, नेपाली जनसम्पर्क समिति सभापति युवराज गुरुङ, पार्टी केन्द्रीय समितिको पूर्व प्रचारप्रसार विभाग सदस्य तथा पार्टीको वेभसाइट एडमिन विश्वास दीप तिगेला, लाहाङ चेम्जोङ, केन्द्रीय सदय चाम्लिङ, थापा र परिषद सदस्यद्धय जंग सुनुवार, पूर्ण कुरुम्बाङ लगायतले शुभ कामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । पार्टीको नीति तथा कार्यक्रमको बारेमा सहअध्यक्ष कमल प्रसाद राईले बताउनु भयो । पहिलो चरणको कार्यक्रम महासचिव मिलनचन्द्र राईले संचालन गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रमको संचालन सचिव कृष्ण गैरेले गर्नुभएको थियो ।

पार्टी एकताको निम्ति सहअध्यक्ष कमल प्रसाद राई, उपाध्यक्ष रत्न थापामगर, उपाध्यक्ष राजकुमार राई, श्रीमति सुमित्रा राई लगायतको वार्ता समितिले पटकपटक बहस र छलफल गरि टुङ्गोमा पुरयाएको हो ।



Visits: 1504