समाजवादी पार्टी इलाम नगर अध्यक्षमा मगर

इलाम, ३ पुष २०७६ । समाजवादी पार्टी इलाम नगर समिती अध्यक्ष गोपाल सोराली मगर चयन भएका छन् ।

पूर्व संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच समायोजनबाट मगर अध्यक्षमा चयन भएका हुन् । बिहिवार इलाममा समायोजन घोषणासभा गरि मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ नगर समिती घोषणा गरिएको छ । समितिको उपाध्यक्षमा पन्चबहादुर येक्तेन र चतुरमान फियाक, सचिवमा दोर्जे तामाङ, सहसचिवमा दिपेश फागो र कोषाध्यक्षमा सनमाया तामाङ चयन भएका छन् ।

सदस्यहरुमा मदनकुमार राई, मनकुमार राई, भगिरथ कट्टेल, प्रेम जिमी, सुकविर लिम्बू, उमेश गुरुङ, सन्तबहादुर रम्तेल, सरिता, श्यामकुमारी तामाङ, हरि तामाङ, फाल्गु फेवादिन, तारा राई, विजय कार्की, खेम नेम्बाङ, छेतिन शेर्पा चयन भएका छन् ।

पुर्व संघीय समाजवादी फोरम नगर अध्यक्ष छिकिन तामाङको अध्यक्षता र समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा भएको घोषणासभामा उपाध्यक्ष युवराज कार्की, सचिव पर्सुराम बस्नेत, केन्द्रीय सदस्य तथा प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य मित्र चापागाईं, केन्द्रीय सदस्य तथा प्रदेश १ का सासद जयराम यादव, प्रेस नेपालका उपाध्यक्ष कमन देवान, समाजवादी इलाम अध्यक्ष कमल चाम्लिङ, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य सन्जय राई, समाजवादी महिला संघ इलामकी अध्यक्ष बिनु राईले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुर्व नयाँ शक्तिका संयोजक देव जबेगुले स्वागत र गोपाल सोराली र राम लिङदेनले संचालन गरेका थिए ।

कार्यक्रममा समाजवादी पार्टी इलाम नगरका सस्थापक अध्यक्ष टेकबहादुर गुरुङलाई सम्मान गरिएको छ । इलामको सन्दकपुर ३ मा जन्मिएका गुरुङ २०६९ मा तत्कालीन संघीय समाजवादी पार्टीका इलाम नगर अध्यक्ष हुन ।

७४ वर्षीय गुरुङ वृद्ध उमेरमा समेत निरन्तर रुपमा पार्टीमा काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो । उनलाई प्रमुख अतिथी समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष युवराज कार्कीले नेपाली ढाका टोपी र सम्मानपत्र प्रदान गरि सम्मान गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कुलेन्द्र भन्डारी, रिना तामाङ, दिपा गुरुङ, सबि राई, जगत राई, सन्नोसाम राई, सुनिल साम्बा लगायत दर्जनौंले समाजवादी पार्टी प्रवेश गरेका छन् ।

News source: https://www.nayabulanda.com

Visits: 743