इस्वी संवतअनुसार आर्थिक वर्ष बनाउन बाबुरामको प्रस्ताव

काठमाडौं । अंग्रेजी वर्षको नयाँ वर्ष सुरुवात भएसँगै समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अब नेपालमा अंग्रेजी संवत् इस्वी संवतलाई आधार मानेर प्रशासनिक तथा आर्थिक क्यालेन्डर बनाउनुपर्ने मत राखेका छन् ।

ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्वभर छाएको इस्वी संवतलाई प्रशासनिकरआर्थिक क्यालेन्डर बनाउँ । नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष, इत्यादी सम्धीका गफ मात्रै होलान् है ।’

उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् ।
यसो गरे कसो होला रु भन्दै उनले ‘नेपालमै जन्मेको नेपाल सम्वत तथा भारतीय उपमहाद्वीपमा प्रचलित विक्रम सम्वतई सांस्कृतिक क्यालेन्डर बनाउन’ प्रस्ताव गरेका छन् ।

अर्को एक ट्विटमा डा. भट्टराईले एक्काइसौं शताब्दीको तेस्रो दशकले पूँजीवाद र साम्यवादको उन्नत प्रणालीगत विकल्प दिने तथा ट्रम्प र ओलीहरुको श्रेष्ठतर नेतृत्वको विकल्प देओस’ भन्ने कामनासमेत गरेका छन् ।

Visits: 530