समाजवादी र राजपा मिलेर आन्दोलन गर्नुको विकल्प छैनः आङकाजी शेर्पा

काठमाडौं । २ जनवरी २०२०। समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले अब राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता गरी सडक आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् ।

राजपा र समाजवादी दुवै संविधान संशोधन पक्षधर भएकोले दुवै एकीकृत भएर आन्दोलनमा जानुपर्ने उनको तर्क छ । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि संविधान संशोधनको पक्षमा हिजो रहेकोेले आन्दोलनमा कांग्रेससँग पनि मोर्चाबन्दी गर्नुपर्ने बताए ।

अन्तर्वार्ता आदिवासी नेताको छबि बनाएका शेर्पाले उक्त कुरा बताएका हुन् । उनले राजपा सरकारमा सहभागी भए उसका लागि त्यो आत्मघाती हुने दाबी गरे ।

उनले अहिले संघीयता गणतन्त्र धर्मनिरपेक्षता मास्ने प्रयास भइरहेको र नेकपाले प्रदेश नं ३ को नाम बाग्मती प्रदेश राख्न केन्द्रबाट निर्देशन जारी गर्नु त्यसको संकेत भएको बताए । उनले नेकपा अधिनायकवादतर्फ जान खोजेको पनि बताए ।
अन्तर्वार्ता हेर्नुस्ः

News source: sarbajanik.com

Visits: 1197