माओवादीले मगरात राज्यको रुमानी सपना देखाएर मगरहरुलाई प्रयोगमात्र गर्यो

पाल्पा । ५ जनवरी २०२० । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का सहइन्चार्ज नवीनकुमार सुनुवारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीले मगरहरुलाई आत्मनिर्णयको अधिकारसहित मगरात राज्यको रुमानी सपना देखाएर प्रयोग मात्र गरेको बताएका छन् ।

शनिबार पाल्पाको तानसेनमा आयोजित संघीय समाजवादी मगर संघ र राष्ट्रिय मगर परिषद् प्रदेश नं ५ समायोजन कार्यक्रममा नेता सुनुवारले सो कुरा बताएका हुन् ।

उनले कांग्रेस, एमाले जस्ता पार्टीले पनि मगर संगठन खडा गरेर चुनावमा भोेट बटुल्ने काम मात्र गरेको बताए ।
जनमुक्ति र अराजक समूहले पनि मगर समुदायलाई अल्मल्याउने काम गरेको बताए ।

पहिचान र संघीयताकै मुद्दाले स्थापित भएको समाजवादी पार्टीले मात्र इमान्दारितापूर्वक मगरहरुको मुक्तिको आन्दोलन गर्ने भएकोले समाजवादी मगर संघमा आवद्ध हुन मगरहरुसँग उनले आग्रह गरे ।

नेता सुनुवारले तानसेन क्षेत्रका केही मगरहरुले धर्मनिरपेक्षता चाहने तर मगर जातिको भूमि, भाषा, धर्म संस्कृति र पहिचानका कुरालाई भने जातीयता र साम्प्रदायिक ठान्ने गरेकोमा आश्चर्य प्रकट गरे ।

सो क्रममा उनले आदिवासी जनजाति पछाडि पर्नुको कारण उनीहरुले चुनावका बेला रक्सी र मासुसँग भोट साट्नु नै रहेको जिकिर गरे ।

समाजवादीका अर्का केन्द्रीय सदस्य महेन्द्र थापा मगरले मगर जातिको अधिकारका लागि आपूmले निरन्तर संघर्ष गर्दै आएको प्रष्ट पारे । कार्यक्रममा पार्वती थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी मगर संघ प्रदेश नं ५ समिति घोषणा गरिएको छ ।

News source: www.sarbajanik.com

Visits: 572