एमसिसि लागु नगर्न र नगराउन नेपाली समाज जापानको आग्रह

जापान, ८ जनवरी २०२० । नेपाल सरकार र अमेरिकी सस्था Millennium Challenge Corporation (MCC) बीच भएको सम्झौताबारे समाजवादी पार्टीको प्रवास समिति नेपाली समाजको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक बिज्ञप्ति प्रकाशन गरेकाे छ ।

सन् २०१७ सेप्टेम्बर १४ तारिख MCC अनुदान सहयोग सम्झौता पत्रमा उल्लेखित बुंदाहरु नेपालको संविधानसंग बाझिएका, नेपालको सार्वभौमसत्ता माथि आँच पुग्ने खालका र राष्ट्रिय सुरक्षा नीति (National Security Interest ) विपरित भएको हुँदा MCC सम्झौता यथा अवस्थामा लागु नगर्न र नगराउन नेपाल सकारसंग नेपाली समाज जापान जोडदार माग गर्दछ बिज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष सरिता ढकाल र महासचिव शिशिर निङ्लेकु लिम्बुद्वारा हस्ताक्षरित बिझप्तिमा नेपाल र अमेरिका बीच आपसी अनुदान, आर्थिक सहयोग र प्राबिधिक सहयोग प्रचलित कानून प्रदद्द सहयोग लिने दिने पक्षलाइ नेपाली समाज जापान हार्दिकताका साथ सम्मान र प्रसंसा गर्दछ । MCC सम्झौता र हिन्द प्रशान्त शैनिक रणनिति (Indo-pacific strategy ) यी दुइ फरक -फरक प्रकृतिका हुन् भनि अमेरिका सरकारले औपचारिक रुपमा पुष्टि नगरे सम्म नेपाल सरकारले सम्झौता गरेमा त्यसबाट नेपाल र नेपाली जनता माथि पर्ने असरको जिम्मेदारी अहिलेको ओली सरकारले लिनु पर्दछ भन्ने नेपाली समाज जापानको निष्कर्षमा लेखिएकाे छ ।

राष्ट्रिय स्तरको आयोजनाहरु र दुइ वा सो भन्दा बढी देश सम्मिलित आयोजनाहरु नेपाल सरकारले सम्झौता गर्दा नेपालको सबै राजनीतिक दलहरु र सरोकारवालासंग परिपक्क छलफल गरेर मात्र सम्झौता गर्नुपर्ने छ ।
अन्यथा सन् १९५० को जस्तो आत्माघाती सम्झौता हुनगइ पछुताउनु पर्नेअवस्था आउन सक्ने भएकाले यस सवालमा नेपाल सरकारलाइ चनाखो रहन समेत आग्रह गरेकाे छ

– फुर्वा शेर्पा
News source: https://himalisandesh.com

Visits: 2548