काठमाडाैं । समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछानेकाे बिहीबार अचानक निधन भएकाे छ ।
राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन पर्वतबाट काठमाडौं आएका उनी सार्वजनिक सवारी सधानमा बेहोस भएपछि अस्पताल पुर्याइएको थियो ।
सिभिल अस्पताल पुर्याइएका लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन्।
उनको शवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
उनको शवलाई समाजवादी पार्टीकाे केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धञ्जलीको लागि राखिएको थियो । लामिछानेको शवमा पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । उनको शव आज नै पर्वत लगिएको छ ।
News source: www.sarbajanik.com