समाजवादी पार्टीको ३ महिने संगठन सुदृढिकरण अभियान शुक्रबारबाट

काठमाडौँ — समाजवादी पार्टीले शुक्रबारबाट ३ महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ सुरु गर्ने भएको छ । ‘विसु’ नाम दिइएको अभियान चैत्र मसान्तसम्म देशभरी नै सञ्चालन गरिने उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए ।

भियानको शुक्रबार सातै प्रदेशमा एकैपटक उद्‌घाटन गर्ने कार्यक्रम तय भएको छ। अभियानको उद्‌‌घाटनका लागि पार्टीका केन्द्रीय पदाधिकारीहरु ७ वटै प्रदेशमा जाने अधिकारीले बताए।

अधिकारीका अनुसार प्रदेश–१ मा वरिष्ठ नेता अशोककुमार राई, उपाध्यक्षद्वय परशुराम खापुङ र रकम चेम्जोङ, महासचिव रणध्वज कन्दङ्वा र सचिव परशुराम बस्नेत जानेछन्। प्रदेश–२ मा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्षद्वय रेणुकुमारी यादव, लालबावु राउत, महासचिव रामसहायप्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव प्रशान्त सिंह, बागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी, महासचिव गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, उपमहासचिव डम्बर खतिवडा उदघाटन कार्यक्रममा जानेछन्।

प्रदेश–५ मा उपाध्यक्ष नवराज सुवेदी,सचिव मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की, सचिव भक्तबहादुर शाह तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राई, उपमहासचिव दानबहादुर विश्वकर्मा, सचिव दुर्गा सोव उद‌्घाटन कार्यक्रममा जाने छन्।

पार्टीले सात ओटै प्रदेशमा अभियानको अनुगमनकर्ता पनि तोकेको छ। प्रदेश–१ मा उपाध्यक्ष रकम चेम्जोङ र परशुराम खापुङ, प्रदेश–२ मा उपाध्यक्ष लालवावु राउत, बागमती प्रदेशमा उपाध्यक्ष हिसिला यमी, गण्डकी प्रदेशमा उपाध्यक्ष हेम राज राई, प्रदेश–५ मा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूशपश्चिम प्रद्येशमा उपाध्यक्ष युवराज कार्कीलाई अनुगमनकर्ता तोकिएको अधिकारीले बताए।

News source: ekantipur.com
प्रकाशित : माघ १, २०७६ १७:४६

Visits: 694