विसु अभियानः संघीय समाजवाद नै शान्ति र संमृद्धिको आधार – उपाध्यक्ष हेमराज राई

बाग्लुङ । गत २५ फेब्रुवरी २०२० का दिन समाजवादी पार्टी बागलुङ जिल्ला समन्वय समितिले पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत अभिमुखिकरण तथा समायोजन कार्यक्रम सम्पन्न गरयो ।

पार्टी केन्द्रीय उपाध्यक्ष तथा अनुगमनकर्ता हेमराज राईले समारोहको उदघाटन गर्दै संघीय समाजवाद नै शान्ति र संमृद्धिको आधार हुने बताउनु भयो । कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रसान्त सिंहले पनि सम्बोधन गर्नुभयो सचिव सिंहले समावेशिता विना देश संमृद्ध भएको इतिहास विश्वमा छैन तसर्थ नेपालमा पनि समावेशिताको अपरिहार्यता रहेको बताउनु भयो । त्यस्तैगरि प्रदेश इन्चार्ज गणेशमान गुरुङ, प्रदेश अध्यक्ष मोती रिजाल लगायतले पनि संबोधन गर्नुभयो ।

बिसु जिल्ला संयोजक याम बहादुर घर्तिमगरले अध्यक्षता गर्नुभएको कार्यक्रमलाई बाग्लुङ क्षेत्र न १ का विशु संयोजक चित्र सापकोटाले स्वागत मन्तब्य राख्नु भयो भने संचालन प्रदेश सदस्य कृष्ण सापकोटाले गर्नुभएको थियो ।

बीचबीचमा साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रमले विद्यार्थी, युवा, महिला, किसान, मजदुर, सांस्कृतिक समिति, शिल्पी, आदिवासी र ब्यापार संगठनको जिल्ला समन्वय समितिहरु समायोजन भएको घोषणा गरिएको थियो ।

– याम मगर

Visits: 1045