समाजवादी पार्टी अन्नपुर्ण गाउँपालिकामा अधिकारी

पहिचान सहितको समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टी नै भएकाे दाबी

पाेखरा । समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तर्गत कास्की क्षेत्र नं ३ अन्नपुर्ण गाँउपालिकामा समिति गठन गरिएकाे छ ।

आइतबार सम्पन्न गाउँपालिकाकाे भेलाले टेकप्रसाद अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका समिति गठन गरिएकाे हाे ।

समितिको उपाध्यक्षमा खेमबहादुर नेपाल, सचिवमा नवराज पौडेल, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ छन् ।

सदस्यहरुमा रामबहादुर गुरुङ, दिलबहादुर गुरुङ, खड्काबहादुर गुरुङ, राजन मगर, भिमबहादुर नेपाली, रामश्री बिक, धनमाया विक, कमला परियार, सकुन्तला परियार, दिपक भण्डारी, रोशन देवकोटा, अर्जुन परियार, सुदिप भण्डारीलगायत छन् ।

भेलामा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज गणेशमान गुरुङ र केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज कास्की क्षेत्र नं ३ का अभियन्ता देवीप्रसाद सुवेदी, समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले समाजवादी पार्टीको विचार, नीति, सिद्धान्त र विसु अभियानका बारेमा चर्चा गर्दै अधिकार र पहिचान सहितको समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टी नै भएकाे दाबी गरे ।

– हुम तमु

Visits: 379