समाजबादी बिद्यार्थी गण्डकी प्रदेश समायोजन:अध्यक्षमा रेशम सापकोटा, पृथ्वी नारायण क्याम्पस कमिटी अध्यक्ष प्रबेश भट्टराई

पोखरा । १२ माघ २०७६ समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश कमिटिको समायोजन सम्पन्न भएको छ ।

तत्कालिन नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजबादी विद्यार्थी फोरम बिच पार्टी एकता पश्चात बनेको समाजबादी विद्यार्थी युनियन गण्डकी प्रदेशको समायोजन तथा एकता घोषणा कार्यक्रम आज पोखरामा संगठनका केन्द्रीय अध्यक्ष रुपनारायण श्रेष्ठ उपाध्यक्ष नेत्र चापागाई लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

भेलाले रेशम सापकोटाको अध्यक्षतामा ५२ सदस्यिय प्रदेश कमिटी सर्बसम्मत रुपमा चयन गरेको केन्द्रिय उपाध्यक्ष नेत्र चापागाईले जानाकारी दिएका छन । विद्यार्थी आन्दोलनमा नया धार आबश्यक रहेको र जसरी पनि स्थापित गरिछाड्ने नबनिर्बाचित अध्यक्ष सापकोटाले वताएका छन । आफ्नो संगठन गण्डकी प्रदेशमा छिट्टै निर्णायक सक्ती बन्ने अध्यक्ष रुपनारायण श्रेष्ठले बिस्वास ब्यक्त गरेका छन । साथै आजै उक्त संगठनले पोखराकै निकै महत्वपुर्ण पृथ्वी नारायण क्याम्पस कमिटी समेत घोषणा गरेको छ । ३१ सदस्यिय क्याम्पस कमिटिको इन्चार्ज कुमार गुरुङ्ग र अध्यक्षमा प्रबेश भट्टराई निर्बाचित भएका छन ।

News source: https://newstimesnepal.com

Visits: 540