संघीयता जोगाउने अभिभारा प्रदेश २ माथि नै छः मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको म्यान्डेटअनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दाबी गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सव सभामा मुख्यमन्त्री राउतले भने,‘हल्लाको पछाडि नलाग्नुस्, यो सरकार मधेसी जनताको म्यान्डेटले बनेको हो । पाँच वर्षसम्म चल्, न सरकार फेरिन्छ, न मन्त्री ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरिरहेको भन्दै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे ।

यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्दै उनले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नं २ माथि नै रहेकाले आफूहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पारे ।

News source: sarbajanik.com

Visits: 837