समाजवादी युवा संघको समायोजन फागुन भित्र सम्पन्न हुने

गत १४ माघ २०७६ का दिन समाजवादी युवा संघ केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय बालकुमारी काठमाडौमा सम्पन्न भयो ।

पार्टी एकिकरण पश्चात समायोजन हुन बाँकी प्रदेश समितिको आगामी फागुन भित्र गरिसक्ने, माघ र फागुनमा प्रशिक्षण गर्ने निर्णय गर्दै ४५ सदसिय सचिवालय गठन गरेको छ । विभाग प्रमुखहरु साथै प्रदेश ईन्चार्जहरु पनि तोकेको छ ।

संघका ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य देवी सुवेदीको प्रमुख आतिथ्यता र संघका अध्यक्ष तथा माननीय योगेन्द्र राय यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठक पछिको प्रेस विज्ञप्ति तल हेर्नुहोस

Visits: 938