समाजवादी पार्टी इलाम जिल्ला समायाेजन, अध्यक्षमा चाम्लिङ


इलाम- १० अगष्ट २०१९ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीकाे इलाम जिल्ला समिति समायाेजन गरिएकाे छ । शनिबार समायोजनपश्चात कमल चाम्लिङको अध्यक्षमा ९७ सदस्यीय नयाँ जिल्ला समिति घाेषणा गरिएकाे छ ।

समितिकाे उपाध्यक्षहरुमा तुलसी आचार्य, बखतबहादुर आङदेम्बे, लेखनाथ खनाल, मानवीर लेप्चा, छिकिन तामाङ र धनसिंह राई छन् ।

सचिवमा यामप्रसाद लिम्बू, सहसचिवमा मणीविक्रम लिम्बू, देवकुमार जवेगू, हरी गुरुङ र सुवास चौरासे चयन भएका छन् । कोषाध्यक्ष विनु राई चयन भएका छन् ।

सदस्यहरुमा केशवराज लुइटेल, कुमार रुचाल, सुरेन्द्र यक्पाङदेन, ज्ञानेन्द्र राई, दिलीप राई, जीतबहादुर कुमाल, डिबी कट्वाल, पदम थापा, सन्तोष शिवा, खड्ग आचार्थ, प्रेम सम्पाङ, रोशन लाप्चा, बालकुमारी प्रधान, लेखनाथ पौड्याल, भीम राई, कुलबहादुर थेगिम, हिरण राई, कमलकुमार राई, बालकुमारी राई, अरुणा लिम्बू, एलडी दाहाल, धिरज विराज परियार, कमल मग्राती, भवानी विक छन् ।

मीना शिवा, मिन्सु जवेगू, हरी अधिकारी, धनसिंह लिम्बू, किसान खजुम, टुपेन्द्र येक्तेन, तेजबहादुर राई, सुरेन्द्र तामाङ, गंगाप्रसाद साउदेन, विक्रम लेक्वा, पूर्णचन्द्र फियाक, भूपाल फियाक, लक्ष्मी डोली कार्की, सनमाया तामाङ, शेसेफाल्गू फेवादेन, ठगबहादुर फागो, लक्ष्मी पाधरी, धनकुमार राई, सुवर्णा राई, वीरबहादुर तामाङ, मोहन देवान, भुपेन योङया, तारा मोरवहाङ, सपना राई, सुसन बम्जन तामाङ, पुनम कुमाल, राजकुमार माबोहाङ, मनकुमारी लिम्बू, रुपबहादुर मगर पनि सदस्य छन् ।

यसैगरी लेकबहादुर राई, कविता सुनुवार, केवी राई, प्रकाश राई, प्रकाश राई, संगीता सम्बाहाम्फे, रंजित राई, संजय राई, रोशन राई, रामकुमार लिङदम, जलन आङबुहाङ, हरी सिप्तुङखा, बहुधन राई, आइतराज साँवा, पदम आङदेम्बे लिम्बू, रोशन लिम्बू, डिबी गुरुङ, टिकाराम सम्बाहाम्फे, देवी सुनुवार, प्रकाश लिम्बू, जसहाङ साउदेन, करसिंह राई, पुष्पा राई, रमेश राई, राजेन्द्र राई, गंगा सुनुवार, प्रकाश राई, रामकुमार राई, सरोज राई, दिलबहादुर योङहाङ, अर्जुन थेवे, सनम शेर्पा, राम चाम्लिङ राई चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले समाजवादी पार्टी नेपालको वैकल्पिक शक्तिको रुपमा उदय भएको बताए ।

अबको वैकल्पिक पार्टीको रुपमा उदय भएको समाजवादी पार्टीलाई कुनै शक्तिले रोक्न नसक्ने दावी गर्दै उपाध्यक्ष कार्कीले उच्च मनोबलका साथ पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । सन्डेखबर डटकमबाट

Visits: 534

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*