निरहु यादव,
कपिलवस्तु । कपिलवस्तुस्थित मायादेवी गाउँपालिका वडा नं २ का अध्यक्ष सरफुद्दिन मुसलमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
उनको साथमा गाउँपालिकाका कार्यपालिका सदस्य महेन्द्र धोवी र अन्य चार जना वडा सदस्यहरु समेत समाजवादीमा प्रवेश गरेका छन् ।
समाजवादी पार्टी कपिलवस्तुले बुधबार तौलिहवामा आयोजना गरेको पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियानका क्रममा उनीहरु पार्टी प्र्रवेश गरेका हुन् ।
समाजवादीले वडा अध्यक्ष मुसलमानलाई जिल्ला उपाध्यक्षको जिम्मेवारी दिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।
सो क्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का इन्चार्ज दानबहादुर चौधरीले मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र सधान स्रोत सम्पन्न प्रदेश मागे पनि अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको बताए ।
संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम र महिलाले अधिकार नपाउने उल्लेख गर्दै चौधरीले त्यसका लागि पुनः संघर्ष आवश्यक रहेकोले समाजवादीले ‘पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गरेको बताए ।
Source: www.sarbajanik.com