सोसलिष्ट नेतृ हिसिला यमी युके आउदै

लण्डन । सोसलिष्ट पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी युकेको विभिन्न कार्यक्रममा सहभागी हुन यहि हप्ता लण्डनको हिथ्रो उत्रनुहुने भएको छ ।

नेपाली समाज युकेका अध्यक्ष रि. लेप्टेन चन्द्र गुरुङका अनुसार नेतृ यमी २ फ्रेब्रुवरी २०२० का दिन हिथ्रो टर्मिनल २ मा उत्रनु हुनेछ । र, ३ र ४ तारिख डुरम युनिभर्सिटीको कार्यक्रममा सहभागी बन्नुहुनेछ भने वहा संग नेपाली समाज युके परिवार लगायत नेपाली दाजुभाईहरु संग भेटघाट तथा अन्तरक्रियाको कार्यक्रम ६ फब्रुवरीको साँझ नर्थहल स्थित गोल्डेनशिप रेष्टुरेष्टमा आयोजना गरिएको कुरा जानकारी गराउनु भएको छ । वहा ७ तारिख स्वदेश फर्कनु हुनेछ ।

केही महिना अघि युकेको नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाज बीच एकिकरण भई दुई अध्यक्ष हुने ब्यवस्था रहेको छ । अर्का अध्यक्ष बालकृष्ण राई हुनुहुन्छ ।

नेतृ यमी सोसलिष्ट पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पत्नि पनि हुन ।

News source: www.nepaliSamachar.com

Visits: 969