पूर्वमन्त्री यमी संग युकेमा अन्तरक्रियाः सिद्धान्त र विचार मिलेकोले पार्टीको समायोजन सहज (भिडियो सहित)

गत ६ फेब्रुवरी २०२० का दिन सोसलिष्ट (समाजवादी) पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी संग लण्डनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

नेपाली समाज युकेको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति र संघीय समाजवादी फोरमको राजनैतिक सिद्धान्त र विचार मिलेकोले पार्टी एकिकरण भएको र सिद्धान्त र विचार मिलेै कारण सबै तहमा समायोजन सहज भएको नेतृ यमीले बताउनु भयो । केही जिल्लाहरुमा मात्र केहीकेही समस्या भएको बताउनु भयो ।

अन्तरक्रियामा डा. भरत सिम्खडा, राजेन्द्र खिम्दिङ, बल्लभ गुरुङ, यमुना गुरुङ, विश्वास दीप तिगेला लगायतले प्रश्न तथा सुझाव राखेका थिए । सबैको प्रश्न लिएपछि एकैपटकमा नेतृ यमीले उत्तर दिनुभयो ।

नेपाली समाज युकेका दुई अध्यक्ष मध्ये चन्द्र गुरुङले समाजको तर्फबाट मन्तब्य राख्नु भयो भने अर्का अध्यक्ष बालकृष्ण राईले अध्यक्षता गर्नुभयो । कार्यक्रमलाई सहअध्यक्ष वसुन्धरा याक्खाले सबैलाई स्वागत गर्नुभए लगतै केन्द्रीय सदस्य भगवान चाम्लिङले पनि मन्तब्य राख्नु भयो । अर्का केन्द्रीय सदय टेकबहादुर थापा, धन गुरुङ लगायतको पनि उपस्थिती थियो । भर्खरै सम्पन्न समायोजनमा लिम्वुवान प्रदेश समितिको तर्फबाट उपमहासचिव चयन हुनु भएकी श्रीमति लिलासेलिङ माबोले संचालन गर्नुभएको थियो ।

नेतृ यमी आफूले अध्ययन गरेको डुरम युर्निभर्सिटीमा महिला शशक्तिकरण विषयमा विशेष अतिथिको रुपमा सम्बोधन गर्न आउनु भएको थियो । वहा ७ फेब्रुवरीका दिन नेपाल फर्किसक्नु भएको छ ।

Visits: 1641