नेकपाका किसान महासंघका नेता आनन्दराम फुयाल समाजवादीमा प्रवेश

काठमाडौं । ६ मार्च २०२० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध नेपाल किसान महासंघका सचिवालय सदस्य आनन्दराम फुयाल समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

काठमाडौं मुलपानी घर भएका उनी शुक्रबार काठमाडौंको तिनकुनेमा आयोजित समाजवादी पार्टीको काठमाडौं जिल्ला समन्वय समितिको समायोजन कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

नेता फुयाललाई समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले स्वागत गरेका छन् ।

सो कार्यक्रममा काठमाडौंका साथै ललितपुर र भक्तपुर जिल्ला समन्वय समितिको समेत समायोजन गरिएको छ ।

News courtesy: www.sarbajanik.com

Visits: 929