कांग्रेस र नेकपा परित्याग गरी डेढ दर्जन स्थानीय नेता समाजवादीमा प्रवेश

सोलुखुम्बु । ६ मार्च २०२० । सोलुखुम्बुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राप्रपाका स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) को क्रममा आयोजित छलफलमा उनीहरु समाजवादीमा प्रवेश गरेका हुन् ।

विसु अभियान सोलुखुम्बु जिल्लाका संयोजक लाक्पा शेर्पाको पहलमा उनीहरु समाजवादीमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा गेलु शेर्पा, मिङमा तेन्जी शेर्पा, दावा तामाङ, आङफुर्वा लामा, छिरिङ लामा, दावा लामा लगायत स्थानीय नेता छन् ।

विसु अभियान जिल्ला संयोजक शेर्पाले सोलुखुम्बुका सबै क्षेत्रमा विसु अभियान सञ्चालन गरी वडा र टोल तहसम्म संगठन निर्माण तथा विस्तारबारे छलफल र तयारी गरिएको बताए ।

उनका अनुसार दुई अलगअलग भेलामा नेकपा र कांग्रेसका कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रे, जिल्ला अध्यक्ष नरेन्द्र मगर, समाजवादी महिला जिल्ला अध्यक्ष आङपेमा शेर्पा, समाजवादी शिल्पी जिल्ला संयोजक मानबहादुर विक समेतको उपस्थिति थियो ।

News courtesy: www.sarbajanik.com

Visits: 1120