ध्यानबहादुर राई ‘रोल मोडल’ थिएः वरिष्ठ नेता राई

ललितपुर । ५ मार्च २०२० । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा धरान उपमहानगरका पूर्वमेयर स्व.ध्यानबहादुर राईलाई रोल मोडल (नमूना पात्र)को रुपमा लिनुपर्ने बताएका छन् ।

बुधबार समाजवादी पार्टी १ नम्बर प्रदेश विशेष जिल्ला समितिले स्व.राईको ४५औं पुन्यतिथिमा ललितपुरमा आयोजना गरेको श्रदाञ्जलीसभामा वरिष्ठ नेता राईले सो कुरा बताएका हुन् ।

‘ध्यानबहादुर राईले हिड्नुभएको बाटो र उहाँले गर्नुभएको कर्महरु हाम्रा लागि सम्झनालायक छन्, सम्झनलायक मात्र होइन अपनाउन लायक छन् । तीनलाई आत्मसाथ गर्न जरुरी छ,’ नेता राईले भने, ‘ध्यानबहादुरजीलाई हामीले एउटा रोल मोडलको रुपमा, एउटा नमुना पात्रको रुपमा बुझ्न जरुरी छ ।’

ध्यानबहादुर राई मनमा कुरा नलुकाइकन खुला भएर कुरा गर्ने र कसैको दुःख वा समस्यामा आफ्नाे गोजी रित्याएर भए पनि आर्थिक सहयोग गर्ने खालको व्यक्ति यदपि, ध्यानबहादुर राई र आफूबिचको सुरुवातको भेटघाट लुकामारी खेलजस्तै भएको नेता राईले स्मरण गरे ।

‘जतिबेला म काठमाडौंमा तत्कालिन नेकपा माले निर्माणको क्रममा थिए, उहाँ गाउँमा स्कुल पढ्दै हुनुहुन्थ्यो । २०३५/३६ सालतिर जब उहाँ गाउँको स्कुलबाट प्रथम श्रेणीमा उतिर्ण गरेर पढ्न काठमाडौं आउनुभो त्यो बेला म पार्टीको कोशी र सगरमाथा अञ्चलको कामको जिम्मा लिएर काठमाडौंबाट सरुवा भए,’ नेता राईले भने, ‘उहाँ धरानको इन्जिनियरिङ क्याम्पसमा अध्यापन गरिरहेको बेला दुईचार चोटि उहाँका डेरामा गएको छु । पछि बहुदल आयो उहाँ धरानको मेयर बन्नुभो, म धरान छोडेर खोटाङ गए र त्यहाँबाट निर्वाचित भए । यसरी पछिल्लो समय पनि उहाँसित लुकामारीकै जस्तो स्थिति रह्यो ।’

उनले ध्यानबहादुर राई मनमा कुरा नलुकाइकन खुला भएर कुरा गर्ने र कसैको दुःख वा समस्यामा आफ्नाे गोजी रित्याएर भए पनि आर्थिक सहयोग गर्ने खालको व्यक्ति रहेको बताए ।

‘उहाँ कुशल व्यवस्थापक त हुँदै हो । मन रित्याएर कुरा गर्ने, गोजी रित्याएर सहयोग गर्ने उहाँको विशेषता हो,’ नेता राईले भने, ‘उहाँसित बसेर कुरा गरेपछि ध्यानबहादुर राईको मनभित्र कुरा लुकेको छ कि भन्ने हुदैनथ्यो ।’

नेता राईले ध्यानबहादुर राई कुनै पनि विषयमा छिटो विश्लेषण गर्ने र निर्णय दिन सक्ने क्षमता भएको बताए ।
ध्यानबहादुर राईको गुण र बाटोलाई आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ ।

‘उहाँको गुण कति सिक्न सक्छौ, उहाँको बाटोमा कति हिड्न सक्छौ त्यो महत्वपूर्ण हो,’ उनले भने, ‘उहाँले अन्यायमा परेका उत्पीडनमा परेका दुर्वलको पक्षमा जुन बाटो लिनुभएको थियो, त्यो काम पुरा गरेरमात्र उहाँप्रति श्रदाञ्जली हुन्छ ।’

श्रदाञ्जलीसभामा समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष युवराज कार्की, रकम चेम्जोङ, हेमराज राई लगायतले ध्यानबहादुर राईलाई स्मरण गरेका थिए ।

Visits: 296