समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका अध्यक्षमा मोहनकुमार श्रेष्ठ

ओखलढुंगा । समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका समितिको अध्यक्षमा मोहनकुमार श्रेष्ठ चयन भएका छन् ।

मंगलबार तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको समिति समायोजन गरी श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा देवकुमारी राई र बलबहादुर खड्का छन्, सचिवमा विष्णु राई छन् ।

सदस्यहरुमा ज्ञानबहादुर अधिकारी, रिता श्रेष्ठ, सन्तोष भुजेल, भेषबहादुर मगर, छबिलाल तामाङ, दिवस खड्का, हरिप्रसाद कट्टेल, सीता खड्का लगायत छन् ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अनुरुप गाउँपालिका समितिको समायोजन गरिएको हो ।

समायोजन कार्यक्रममा समाजवादी पार्टीको प्रदेश नं १ सदस्य तथा विसु अभियान्ता खेमराज खड्का प्रमुख अतिथि थिए भने संघीय परिषद् सदस्य तथा ससफो ओखलढुंगा अध्यक्ष नरेश नेम्वाङ विशेष अतिथि थिए ।

– News courtesy: www.sarbajanik.com

Visits: 1322